स्वास्थ्य
काेराेना अपडेटः २७९० पीसीआर परीक्षणमा थप ११४ जना कोरोना संक्रमित पुष्टि
- गाउँ सहर संवाददाता
- ३ चैत मंगलबार, २०७७ | १६:३६:०० मा प्रकाशित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ४९५ पुगेको छ ।
गत २४ घन्टामा २ हजार ७ सय ९० पीसीआर परीक्षण भएको छ। देशभर ९१५ सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँका ३४, ललितपुरका ७ तथा भक्तपुरका २ जनामा संक्रमण पुष्टि भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस