आजकाे प्रतिनिधि सभा बैठकका सम्भावित कार्यसूची यस्ता छन्
- गाउँ सहर संवाददाता
- ३ चैत मंगलबार, २०७७ | ०९:०९:०० मा प्रकाशित
काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज दिउँसाे बस्दैछ । दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो ।
बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् । सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनर्स्थापित संसदको यो तेस्रो पटक बस्ने बैठक हो ।
यसअघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि सारिएको थियो ।
सरकारले अध्यादेश पेश गर्नेलगायत विजनेश नदिएकोले आज लामो समय प्रतिनिधि सभा बैठक नबस्ने भएको छ । तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले नै संसदलाई गतिशील र प्रभावकारी बनाउन नचाहेको आरोप लगाएका छन् ।
आजको बैठकमा सभामुख उपस्थित नभएका बेला सभा अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची पनि छ ।
सम्भावित कार्यसूची
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस