विश्वभर ९ कराेड ७४ लाख मानिस काेराेनामुक्त, अझै २ कराेड ६ लाख संक्रमित
- गाउँ सहर संवाददाता
- ३ चैत मंगलबार, २०७७ | ०८:४५:०० मा प्रकाशित
काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ६ लाख ८२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ९ करोड ७४ लाख १५ हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १२ करोड ७ लाख ७० हजार नाघेको छ भने मृतकको संख्या २६ लाख ७२ हजार ७३ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८८ हजार १४९ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड १ लाख ३८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ४८ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड २२ लाख ८६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७३ लाख ४ हजार जनामा भाइरस सक्रिय छ ।
दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड १५ लाख २५ हजार जना संक्रमितमध्ये १ कराेड १ लाख ११ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ७९ हजारभन्दा बढी छन् । हाल ११ लाख ३३ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।
छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १४ लाख ९ हजार ५९५ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५८ हजार ८९२ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड १० लाख २५ हजार ६३१ जना निको भएका छन् । सक्रिय केस २ लाख २५ हजार ७२ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
नेपालमा भाइरस संक्रमित २ लाख ७५ हजार ३१० जना पुगेका छन् भने २ लाख ७१ हजार ४०१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार १४ पुगेको छ भने ८९५ जना उपचाररत छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस