अर्थतन्त्र

निजी क्षेत्र राज्यको अभिन्न अंग हो : प्रजिअ गौतम

लेखनाथ  । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले राज्य निर्माणको अभियानमा निजी क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण भएकाले निजी क्षेत्र राज्यको अभिन्न अंग भएको वताएका छन् ।

लेखनाथ उद्योग बाणिज्य संघले सोमबार राखेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रजिअ गौतमले कानुनको परिधि भित्र रहेर ब्यापार ब्यवसाय गर्न आग्रह गरे  ।

लगानीको वातावरण सृजना गर्ने काम राज्यको हो त्यसमा शान्ति सुरक्षा अपरीहार्य भएकोले ढुक्क भएर ब्यवसाय गर्न भन्दै त्यसमा सरकारको सहयोग रहने प्रष्ट पारेका थिए ।

सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले संघले विकास निर्माणको क्षेत्रमा खेलेको भुमिका र यस क्षेत्रमा देखिएका समस्याहरुका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष बावुराम गिरीले विकास निर्माणमा प्रशासनको भुमिका बारेमा चर्चा गरे भने संघका पूर्व अध्यक्ष चतुराखर अधिकारीले निजी क्षेत्र र सरकारकाबीचमा सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत