राजनीति

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई छलफलका लागि बोलाएकी छिन् । राष्ट्रपतिले मंगलबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठकका रुपमा राष्ट्रपति कार्यालय बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको उनले जानकारी दिए ।

देशमा राजनीतिक संकट चुलिइरहेको बेला राष्ट्रपतिले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई छलफलमा बोलाएकी हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत