राजनीति

माओवादीकाे बैठक स्थगित; एमालेको वार्ता निष्कर्षहीन, नेपाल पक्ष राष्ट्रिय कार्यकर्ता भेलातर्फ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) को केन्द्रीय कमिटि बैठक केही दिनका लागि स्थगित भएको छ । बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० जना केन्द्रीय कमिटिका सदस्यले आफ्नो भनाइ राखेका थिए ।

उनीहरुले अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले केही दिनका लागि बैठक स्थगित गर्नु पर्ने बताएका थिए ।

उता पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ताले कुनै निष्कर्श नपाएपछि नेकपा एमालेका असन्तुष्ट माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गतेलाई निर्धारित राष्ट्रिय कार्यकर्ता भेला हुने स्पष्ट पारेको छ ।

ओली पक्षसँग सोमबार भएको वार्ता बिना निष्कर्श टुंगिएपछि अपरान्ह नयाँ बानेश्वरस्थित अर्याल होटलमा भएको नेपाल पक्षीय नेताको भेलापछि राष्ट्रिय कार्यकर्ता भेला हुने नेताहरूले बताए ।

सोमबार दिउँसो नेकपा एमालेभित्रका केपी ओली पक्षधर र माधव नेपाल पक्षधर पार्टी मुख्यालय धुम्बाराहीमा वार्तामा बसेका थिए ।

सर्वोच्च अदालतले नेकपाको एकीकरण छुटाइदिएपछि एमालेका ओली र नेपाल पक्षधर पहिलोपटक साेमबारकाे बैठक बसेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत