कला

डिशहोममा मनोरञ्जनात्मक कमेडी शो Comedy Café संचालनमा

काठमाडाैँ । डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विलकुलै नयाँ र मोरञ्जनात्मक कमेडी शो Comedy Café संचालन गरेको छ । 

कार्यक्रम Comedy Café २०७७ फागुन २२ गते देखी DishHome को Reality Tv Channel no १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भईरहेको छ ।

विविध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीतसंगै फोन मार्फत सेलिव्रेटी, कलाकार र अन्य व्यक्तिहरुलाई Prank कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन् । 

हाँस्य टेलिश्रृंखलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले बिभिन्न चरित्र बनी फोन उठाउने व्यक्तिलाई Prank गर्छन् । यस कार्यक्रम मार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास कम्पनीले लिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत