राजनीति

चार महिनापछिकाे एमाले भेट, ओली र नेपालबिचकाे वार्ता निष्कर्षबिहीन

तस्बिरः सूर्य थापा ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच धुम्बाराहीमा वार्ता निष्कर्षबिहीन भएको छ ।

दुवै पक्षले आफ्नो अडान प्रस्तुत गरेपछि वार्तामा ठोस निर्णय हुन नसकेको हो ।

वार्तापछि नेपाल पक्षका नेता रघुजी पन्तले भने, ‘दुवै पक्षले आ–आफ्नो अडान प्रस्तुत गरे, छलफल जारी रहन्छ ।’ विवाद समाधानका लागि दुई पक्षका नेता बिच वार्ता भएको हो ।

वार्तामा ओलीका तर्फबाट ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहितका पाँच नेता तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावल, घनश्याम भुषाल र गोकर्ण विष्टसहितका नेता सहभागी थिए ।

ओलीले नेता नेपाललाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । तर नेपालले एक्लै भेट्न अस्वीकार गरेपछि आफू पक्षका नेताहरुसहित पार्टी कार्यालय धुम्बाराही गएका थिए ।

वार्ताले रूट लेला भन्ने केन्द्रीय सदस्यहरूले साेचेकाे भएपनि वार्ताले ठाेस रूप लिन नसकेकाे नेता भीम रावलले बताए । उनले भने- जुनरूपमा वार्ता अगाडि बढ्नुपर्ने थियाे त्याे भएन, क्रमशः हाेला ।

गाउँ सहर संवाददाता

तपाईँको मत