जीवनशैली

तपाईं कुन प्रकारको व्यक्ति ? यी चार चित्र हेरेर आफैँलाई चिन्नुहोस्

काठमाडाैँ । नजर (हेराई) ले बताउँछ नजरिया (विचार गर्ने वृत्ति वा ढंग) र नजरियाबाट मनको कुरा । कुरा स्पष्ट छ, यहाँ चार चित्र दिइएको छ, जसमा पहिलो नजरमा एक चित्र देखिनेछ, तर यसमा दुई छवि/चित्र घुलमिल छ । जुन छवि तपाईंलाई पहिले देखिन्छ त्यो तपाईंको नजर हो ।

यसका अनुसार मनाेविज्ञानको दृष्टिबाट नजर विश्लेषणमा दिइएको छ । यी आंकलनलाई हेरेर तपाईं आफ्नो मनस्थितिको केहि अन्दाज लगाउन सक्नुहुन्छ । तर यो कुनै ठोस प्रमाण भने होइन, केवल सामान्य परीक्षण मात्र हो ।

सिंह— यदि सिंहको चित्र देखिन्छ भने तपाईं हरेक विषयको अन्तिमसम्म पुग्ने विश्वास गर्नुहुन्छ । र यसको लागि मनको डरसंग लड्नपनि चुक्नुहुन्न । तपाईं धेरै बहादुर हुनुहुन्छ ।

पंछी— यदि पंछीको चित्र देखिए तपाईं खुला दिल भएको मानिस हुनुहुन्छ । तपाईं सृजनात्मक हुनुहुन्छ ।

हाँस— यो चित्रमा हाँस देखिए तपाईंको जीवन भावनामा उतारचढावले भरिएको छ । यसकै कारण तपाईंको मुड अचानक परिवर्तन हुन्छ र अचानक फैसला लिनुहुन्छ ।

खरायाे— तर खरायो देखिए तपाईं कमभन्दा पहिले सम्भावित नतिजामा विचार गर्न मनपराउनु हुन्छ ।

पंछी— यो चित्रमा तपाईं पंछी देख्नुहुन्छ भने तपाईं आकास छुन खोज्दा आउने कठिनाइबाट नराम्रो मान्नुहुन्न । तपाईंको आफ्नै राय हुन्छ र अरुलाई मद्यत गर्ने हुनुहुन्छ ।

गाेहि— यदि गोहि देखिएमा हरेक स्थितिमा नियन्त्रण राख्ने कोशिश गर्नुहुन्छ । यसको अर्थ तपाईं तानशाह भने होइन, तपाईं कुशल प्रवन्धक, प्रधान वा नेता हुन सक्नुहुन्छ ।

स्याल— यो चित्रमा तपाईं स्यालको पुच्छर देख्नुहुन्छ भने तपाईं सहि नतिजासम्म नपुग्दासम्म विश्लेषण गर्नुहुन्न ।

कुकुर— तर कुकुरको पुच्छर देख्नुहुन्छ भने तपाईं सत्य फैसला मनपराउनुहुन्छ । तर्कशक्तिको प्रयोग गर्न रुचाउनुहुन्छ ।

यी कुरा तपाईंलाई मनपरे साझा गर्न नभूल्नुहोला ।

गाउँ सहर संवाददाता

तपाईँको मत