स्वास्थ्य

देशभर ८९५ सक्रिय संक्रमित, साेमबार थपिए ७९, निकाे भए ७५

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ३१० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ४०१ पुगेको छ ।

गत २४ घण्टामा ३ हजार ३ सय ११ पीसीआर परीक्षण भएको छ । देशभर ८९५ सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत