खेल

कराँते लेखनाथ डोजोले १२ औँ स्थापना दिवस मनायो

पोखरा । लेखनाथ नेपाल क्योकुशिन कान कराँते डोजोले १२ औँ स्थापना दिवस तथा वार्षिकोत्सव  मनाएको छ ।

वार्षिकोत्सव पोखरा महानगरपालिका २९ का वडाध्यक्ष चेत बहादुर गुरुङले खेलाडीले कडा परिश्रम गर्नुपर्ने बताए । उनले बसै खेलाडी उत्कृष्ठ हुने गरेर अगाडि बढ्नुपर्ने बताए ।

१२ वर्ष अघि लेखनाथ पावरहाउसमा नेपाल सिडो कराँतेको डाजोको रुपमा स्थापना भएको थियो । विभिन्न समयमा परिमार्जन हुदै २०७५ सालबाट नेपाल नेपाल क्योकुशिन कान कराँतेको रुपमा लेखनाथमा हाल २ वटा डोजो रहेका छन् ।

विभिन्न क्षेत्रिय र राषि्ट्रय पदक जितेको खेलाडीहरु लेखनाथबाट उत्पादन भएको प्रशिक्षक सुबास खड्काले बताए । हाल लेखनथामा १ सय  बढी खेलाडी रहेका छन् । विभिन्न प्रतियोगितामा खेलाडीले सहभागीता जनाउदै आएका छन् ।  

गाउँ सहर संवाददाता

तपाईँको मत