लाभांश पारितकाे प्रस्तावसहित सांग्रिला डेभलपमेन्ट बैंककाे वार्षिक साधारणसभा चैत्र २३ गते
- गाउँ सहर संवाददाता
- २ चैत सोमबार, २०७७ | ११:३०:०० मा प्रकाशित
काठमाडाैं । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले चैत २३ गते १६ औं वार्षिक साधारण सभा बाेलाएकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हाे ।
चैत १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णयअनुसार चैत २३ गते, लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान १० बजे शुरु हुने जनाएकाे छ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँ रहेको छ । बोनसपछि २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँ पुग्नेछ ।
यसका साथै, अन्य कुनै उपयुक्त लागेको बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, नियमावली तथा प्रबन्धपत्रमा संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले चैत्र १० गतेदेखि चैत्र २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार चैत्र ९ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम हुन आउने शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस