स्वास्थ्य

कोरोनाविरुद्धको खोप किन्न निजी क्षेत्रलाई खुल्ला (सूचनासहित)

काठमाडौं । सरकारले निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप आयात गर्नका लागि अनुमति दिने भएको छ । 

काठमाडौं ।  सरकारले  कोभिड–१९ विरुद्धको थप खोप निजी आयातकर्तामार्फत ल्याउने तयारी थालेको छ । औषधी व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै निजी आयातकर्तालाई आयायात अनुमति दिइने जनाएको हो । 

विभागका अनुसार निजी कम्पनीले कर लगायत सबै  मूल्य विश्लेषण गरि बढीमा १० प्रतिशत मुनाफा राखी खोप ल्याउन पाउनेछन् । त्यसका लागि खोपको अन्तिम मूल्य, ढुवानी, सेवा कर लगायत सबै विवरण खुलाई सात दिनभित्र आयात अनुमातिका लागि आवेदन दिन विभागले सूचित गरेको छ ।

औषधि व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै अनुमतिका लागि इच्छुक उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक विक्रेतालाई औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहित २०७७ मा तोकिएका कागजातसहित ७ दिनभित्र आवेदन दिन भनेको छ । 

खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत कायम हुने गरी लागत विवरण पेश गर्नुपर्ने सूचना उल्लेख गरिएको छ । विभागले अहिले नेपालमा भारतको कोभिशिल्ड र चीनको सिनोफार्मले उत्पादन गरेका खोप प्रयोगका लागि अनुमति दिएको छ । 

अनुमति प्राप्त गर्ने आयातकर्ताले यी दुई कम्पनीका साथै विश्व स्वास्थ्य संगठनले अनुमति तथा सूचीकृत गरेका खोप आयात गर्न सक्ने विभागले जनाएको छ । सरकारले खरिद गरी ल्याउन लागेको खोप आयातमा ढिलाई हुने देखिएपछि निजी क्षेत्रलाई आयात खुला गरेको हो । सरकारले हालसम्म करिब २३ लाख डोज खोप ल्याएको छ । 

सुरुमा भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो ।  त्यसपछि सिरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरी अग्रिम भुक्तानी गरिसकेको छ । तर १० लाख डोज खोप दिएको सिरमले बाँकी १० लाख डोज खोप तत्काल दिन नसक्ने भनेपछि नेपालमा खोप अभियान नै प्रभावित हुने देखिएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत