कांग्रेस महिला विभागद्वारा वडादेखि केन्द्रसम्म सभापति, उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला राख्न माग
- गाउँ सहर संवाददाता
- २ चैत सोमबार, २०७७ | ०७:३८:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसकाे केन्द्रीय महिला विभागले पार्टीकाे वडादेखि केन्द्रसम्म सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला राख्न माग गरेको छ ।
फागुन २९ र चैत १ मा पार्टी केन्द्रीय कार्यालय सानेपामा बागमती प्रदेशस्तरीय महिला प्रशिक्षण तथा भेलाले पार्टीसमक्ष उक्त माग राख्ने निर्णय गरेकाे केन्द्रीय सदस्य शकुन्तला त्रिपाठीले जनाकारी दिइन् ।
हरेक ठाउँमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने भन्दै पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहमा महिलालाई नेतृत्वमा राख्न विमागले माग गरेको उनले बताइन् ।
केन्द्रीय महिला विभागकी सचिव लक्ष्मी खतिवडाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनिएकाे छ, ‘पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने जोडदार माग गर्दछ ।’
कांग्रेस वडादेखि केन्द्रसम्मको सबै तहका समिति र संसदीय समितिमा एक तिहाइ महिला पदाधिकारी अनिवार्य राख्न पनि विभागले माग गरेको छ ।
महिला हिंसा, बलात्कारलगायत जघन्य अपराधमा संलग्नलाई कानूनको कठघरामा उभ्याउनसमेत विभागको माग छ । त्यसैगरि बालिकालाई उच्च तहसम्मकाे उच्च शिक्षाकाे निशुल्क सुनिश्चितताकाे माग गरिएकाे छ ।
भेलाले पाँच बुँदे घाेषणापत्र जारी गरेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
प्रतिकृया दिनुहोस