अर्थतन्त्र

काराेबार रकममा सामान्य अंकले बढेकाे शेयरबजारमा नेप्से भने २ प्रतिशतभन्दा धेरैले घट्याे

काठमाडाैं । गत सातादेखि ओरालो लागेकाे नेप्से परिसूचक साताको पहिलो दिन आइतबार पनि ५१.२३ अंकले घटेर २४०७ विन्दुमा बन्द भएको छ ।

२११ वटा कम्पनीको ९९ लाख ३ हजार ७ सय ४ कित्ता शेयर किनबेच भएकाे छ । 

आइतबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि बढेको छ । अघिल्लो दिन बुधबार ४ अर्ब १० करोड रुपैयाँको शेयर कारोबार भएकोमा आइतबार कारोबार ४ अर्ब ९५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आइतबारको बजारमा चन्द्रागिरीको शेयर मूल्य सर्वाधिक धेरै ९.९५ प्रतिशतले बढेकाे छ भने हिमालयन पावर पार्टनरको शेयर मूल्य ९.८६ प्रतिशतले घटेको छ ।

यसदिन सबैभन्दा धेरै अपर तामाकोशीको ४४ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, निफ्राको २७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नबिल बैंकको २० करोड ६६ लाख, नेपाल लाइफको १९ करोड ६७ लाख र ग्लोबल आइएमई बैंकको १६ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत