शिक्षा

त्रिविमा कार्यरत आंशिक शिक्षकलाई खुला विज्ञापनमा उमेर हद नलाग्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहेका आंशिक शिक्षकहरुलाई त्रिविको खुला विज्ञापनमा उमेर हद नलाग्ने भएको छ ।

संशोधित व्यवस्थानुसार त्रिवि ऐनको दफा १४ को खण्ड (झ) बमोजिम त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को परिच्छेद २ को नियम ७ क को उपनियम (१) (ग) (३) अनुसार आंशिक शिक्षकलाई उमेर हद नलाग्ने भएको हो ।

त्रिवि सभा तथा कार्यकारी परिषदको सचिवालयको मिति २०७७/११/०३ को पत्रानुसार सो नियम संसोधन गरिएको त्रिवि सेवा आयोगले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत