सडक/यातायात

प्रधानमन्त्रीद्वारा २८३ वटा स्थानीय तह सडक सञ्जालमा जोड्ने कार्यक्रम उद्घाटन, ५ अर्ब रुपैयाँ विनियोजन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत सञ्चालन गरिने स्थानीय सडक सञ्जाल कार्यक्रमको शुभारम्भ गरेका छन् । 

कार्यक्रम शुभारम्भसँगै अब प्रदेशको राजधानीसँग हालसम्म नजोडिएका २८३ वटा स्थानीय तहलाई सडक सञ्जालमा जोडिने कार्यको सुरुवात भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले स्विच अन गरी सो कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

सडक सञ्जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम सङ्घीय सरकारले यस वर्ष यो कामका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत