स्वास्थ्य

ॐ चाबहिल डेन्टलकाे दन्त शिविरबाट सिन्धुलीबासीले पाए नि:शुल्क सेवा

सिन्धुली । ॐ चाबहिल डेन्टल हस्पिटलले सिन्धुलीमा सञ्चालन गरेकाे नि:शुल्क दन्त शिविरबाट झण्डै पाँचसय जनाले सेवा लिएका छन् ।

हस्पिटलले "सुन्दर मुस्कानकाे लागि स्वस्थ दाँत" भन्ने मूल नारासहित सिन्धुलीमा शनिवार नि:शुल्क दन्त शिविर सञ्चालन गर्ने भएकाे हाे । 

हस्पिटलले नव न्यानाे फाउण्डेशन काठमाडाैं महानगरपालिका -९ सँग मिलेर गरेकाे नि:शुल्क दन्त शिविरबाट मरिन गाएपालिका धमिले-६ का ४ सय ८५ जना स्थानीयबासीले सेवा लिएकाे ॐ चाबहिल डेन्टल हस्पिटलका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए ।

अध्यक्ष घिमिरेका अनुसार शिविरमा दाँत परीक्षण, सफा गर्ने, दाँत निकाल्ने लगायत सेवा दिइएकाे बताए । शिविरकाे लागि बिजय चाेक युवा क्लब, काठमाडाैंले पनि सहयाेग गरेकाे थियाे । 

नवज्याेती आधारभुत विद्यालयमा विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म शिविर सम्पन्न भएकाे घिमिरेले जानकारी दिए ।

स्थानीय तहमा पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा विभिन्न जिल्लामा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएकाे डेण्टलका प्रबन्धक निर्देशक अनिल शर्माले बताए । 

हस्पिटलले शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएकाे छ । सञ्चालनमा आएकाे छोटो समयमै हस्पिटलले सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत