राजनीति

राजतन्त्रकाे अभावमा नेपाली जनता टुहुराेजस्तै भए : अध्यक्ष लाेहनी

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकमा राजतन्त्रकाे अभावमा नेपाली जनता टुहुराेजस्तै भएकाे बताएका छन् ।नुवाकोटकाे शिवपुरी गाउपालिका ८ नम्बर वडा अधिवेशनलाई सम्बाेधन गर्दै अध्यक्ष लाेहनीले राजसंस्था सहितको प्रजातन्त्र स्थापना गर्न राप्रपा शसक्त ढंगले लागेको पनि बताए । 

वर्तमान सरकारबाट आम नेपाली जनता र देशले स्थायित्व सुशासन र विकासको आशा गरेका भएपनि तीनवर्षमा सरकारले अस्थिरता, भ्रष्टाचार, आर्थिक अराजकता र भुइफुट्टा वर्गको उत्थानमा मात्र काम गरेकाे आरोप लगाए ।

अध्यक्ष लाेहनीले भने, "बाँदरको हातमा नरिवल जस्तै वर्तमान सरकारले राज्यका सबै अंग आफ्नो कब्जामा राख्ने प्रयासको कारण देश न हाँसको चाल न कुखुराको चालमा पुग्याे । जसले गर्दा मुलुकनै भताभुङ्ग हुने स्थितिमा आइपुग्याे ।"

प्रजातन्त्रको नाममा अधिनायकवाद, राजनीतिक स्थिरताको भ्रष्टाचार र आर्थिक अनुशासनहिनता, आम जनताको हितको सट्टा एउटा भारदारी सभालाई उचाल्ने कामप्रति उनले असन्तुष्टि व्यक्त गरे । 

आर्थिक विकासमा आफू सत्तामा रहदाको अवस्थाको चर्चा गर्दै लोहनीले जिल्लालाई नेपालको विषेश औधोगिक क्षेत्र र चीनसँग अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बनाउन र काठमाडौं छहरे टोखाको बाटो दुईलेनमा स्तराेन्नति अविलम्ब सुधार गर्ने समेत बताए । 

उनले राप्रपाले तोकिएकै समयमा महाधिवेशन गर्ने हुँदा सबै तल्ला कमिटीहरुलाई केन्द्रीय निर्देशन बमोजिम कार्यहरु गर्न समेत निर्देशन दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत