गाउँ सहर

रामेछापको गुम्देलमा धार्मिक कार्यक्रम(डुम्जी) समापन

रामेछाप । रामेछापको उमाकुण्ड-१ गुम्देलमा धार्मिक कार्यक्रम डुम्जी शनिबार सम्पन भएकाे छ । परापूर्व कालदेखि वर्षको एकपटक मनाउने धार्मिक कार्यक्रम निरन्तर एक हप्तामा समापन हुन्छ ।

शेर्पाहरूको यस डुम्जी धार्मिक कार्यक्रम संचालनले विशेष पून्य प्राप्त हुने सेवा क्षेत्रमा विविध लाभ एवं सकारात्मक प्रतिफल प्राप्त हुने आयोजक पेम्वा लामा शेर्पाले बताए ।

कायक्रम पालैपालो घुम्ति परिचालन रूपमा बर्षै पिच्छे संचालन हुने गर्दछ । यस वर्ष आयोजक चार घरघुरी क्रमश:श्री पेम्वा शेर्पा, लाक्पा डोमा शेर्पा, छिरी शेर्पा, लाक्पा शेर्पाले आयोजकको भूमिका निर्वाह गरेका छन ।

यस वर्ष ४ लाखसम्म खर्च लाग्ने अनुमान गरिएकाे छ । आफ्नै अक्षय कोष तथा जगेडा कोष १० लाख रुपैयाँ रहेको र प्रतिवर्ष प्रतिघर घुरि रू २ हजारका दरले कोषमा जम्मा गर्ने गरिएकाे छ । ९० घरधुरी शेर्पाहरुको गुम्देल, टेकाम, दाप्सादिङ, तेक्षिम गरी चार वटा टोल समावेश हुन्छन ।

कायक्रम धर्म गुरु, विशिष्ट व्यक्तित्व एवं सेवा क्षेत्रको जमघटमा यस कार्यक्रम सम्पन भएको छ । कार्यक्रम गुम्देलको तेक्षिम गुम्बामा सम्पन्न भएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत