स्वास्थ्य

नेपालमा काेराेनामुक्त हुने दर ९८.६ प्रतिशत, शनिबार थप दुई जनाकाे मृत्यु, ६० जना संक्रमित

काठमाडाैं । पछिल्लाे २४ घण्टामा काेराेनाभाइरस (काेभिड-१९) बाट २ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ३ हजार १४ जना पुगेकाे  छ ।

त्यसैगरि २ हजार ३६२ जनाकाे पिसिआर परीक्षण गर्दा थप ६० जना काेराेना संक्रमित पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

हालसम्म नेपालमा काेभिड संक्रमित हुनेकाे संख्या २ लाख ७५ हजार ९४५ पुगेकाे छ । त्यसैगरि पछिल्लाे २४ घण्टामा थप ७२ जना काराेनामुक्त भएका छन् ।

यससँगै मुलुकभर काेराेनाभाइरस मुक्त हुनेकाे संख्या २ लाख ७१ हजार २४९ जना पुगेकाे छ । हालसम्म २२ लाख १२ हजार ७९६ जनाकाे पिसिआर जाँच गरिएकाे छ । 

हाल देशभर ४९ जना क्वारेन्टाइनमा उपचारत छन् । जम्मा ९१५ जना आइसाेलेशनमा छन् । नेपालमा निकाे भएकाे दर ९८.६ प्रतिशत छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत