गाउँ सहर

बस र ट्रक ठोक्किँदा मकवानपुरमा तीनजनाको मृत्यु, १० घाइते

काठमाडाैं । मकवानपुरकाे मनहरी गाउँपालिका-६ सुनाचुरीमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।

शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ८९  नम्बरको ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बस चालक पर्साको वीरगञ्ज महानगरपालिका–१५ का ३५ वर्षीय मदन कुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५ वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४० वर्षीय सुनीलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बस चालक थापा र सुनीलकुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएकाको हेटौंडामा उपचार भइरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत