स्वास्थ्य

अमेरिकापछि विश्वमा सबैभन्दा धेरै काेराेना संक्रमित हुने देश ब्राजिल, तेस्राेमा भारत

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ६ लाख ९९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ९ करोड ६२ लाख ४७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ११ करोड ९५ लाख ९८ हजार नाघेको छ भने मृतकको संख्या २६ लाख ५० हजार ९३१ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८९ हजार ३६१ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । दाेस्राेमा रहेकाे भारतलाइ ब्राजिलले उछिनेकाे छ । अमेरिकामा २ कराेड ९९ लाख ९३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ४५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ११ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड २० लाख ३१ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७४ लाख १६ हजार जनामा भाइरस सक्रिय छ । 

दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड १३ लाख ६८ हजार जना संक्रमितमध्ये १ कराेड निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ७५ हजारभन्दा बढी छन् । हाल १० लाख ९२ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १३ लाख ३३ हजार ४९१ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५८ हजार ४८३ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ९ लाख ७१ हजार ३४७ जना निको भएका छन् । सक्रिय केस २ लाख ३ हजार ६६१ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७५ हजार ११८ जना पुगेका छन् भने २ लाख ७१ हजार १७७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार १२ पुगेको छ भने ९२९ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत