वातावरण

आइतबार प्रदेश १ का पहाडी भू-भागहरूमा वर्षाकाे सम्भावना

काठमाडाैँ । चैत्र ०१ गते (आइतबार) दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान शाखाले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत