प्रेरणा

योग्यता वा कुनै कला गलत हातमा परे त्यसकाे परिणाम अत्यन्तै खराब

काठमाडौँ । योग्यता वा कला सहि हातमा परे समाज र देश सुध्रन्छ तर गलत हातमा परे व्यक्ति, देश र संरचनामै प्रश्नचिन्ह खडा हुन्छ । यसै प्रसंगमा यो कथा मनन् गरौँ ।

महाभारतमा कौरव र पाण्डवबीच युद्ध सुरु भएको थियो । श्रीकृष्ण अर्जुनको सारथी बनेका थिए र कर्णको सारथी शल्य थिए । शल्य पाण्डवका मामा थिए ।

पाँच पाण्डवमा युधिष्ठिर, भीम र अर्जुन कुन्तीका पुत्र थिए । नकुल र सहदेव माद्रीका पुत्र थिए । शल्य माद्रीको सक्खे भाई थिए । उनी नकुल, सहदेवका मामा थिए, तर युधिष्ठिरल, भीम र अर्जुनपनि उनलाई मामा मान्दथे । महाभारत युद्धमा शल्य कौरवसँग थिए । सो समय श्रीकृष्णले पाण्डवसँग भने— भलै मामा अर्को पक्षमा छन् तर हामीलाई उनीसँग सानो मद्यत लिनु पर्छ । जब कर्ण सेनापति हुन्छन् तब उनकाे सारथी बन्नु भन्नुपर्छ ।सारथी बनेर कर्णसँग यस्तो कुरा गर्नुछ, यस्तो टिप्पणी गर्नुछ, जसले उनी निराश हुन्, भन्नुपर्छ ।

श्रीकृष्णको कुरा सुनेर पाण्डवले शल्यसँग यो मद्यत मागे । शल्यलाई पाण्डवप्रति लगाव थियो । उनी जान्दथे कि पाण्डव सहि थिए । यसकारण उनी यो काम गर्न तयार भए ।

युद्धमा १६ औँ र सत्रौँ दिन कर्ण सेनापति भए तब शल्य उनका सारथी बने । यसपछि कर्ण जब बाण छाड्दथे तब शल्य भन्दथे— यसमा कुन नयाँ कुरा छ र, यो गलत छ । यस्तो टिप्पणीबाट कर्ण निराश हुन थाले । उनी चिडचिड भए र आफ्नो लक्ष्यबाट टाढा हुन थाले ।

यता शल्य कर्णलाई प्रोत्साहन दिइरहेका थिएनन् अर्कोतर्फ श्रीकृष्ण अर्जुनको तारिफ गरिरहेका थिए । परिणाम कर्ण मारिए, अर्जुनको जीत भयो ।

कर्ण एक योग्य व्यक्ति थिए । तर उनी गलत व्यक्तिको साथमा थिए । श्रीकृष्णले कर्णलार्य सम्झाउने धेरै कोशिश गरेका थिए तर कर्णले दुर्योधनको साथ छाडेनन् । योग्यता यदि गलत हातमा गएमा त्यो खतरनाक हुने गर्दछ । कर्ण दुर्योधनसँग रहेर पाण्डवको लागि खतरा बने । तब श्रीकृष्णले योजना बनाए कि कर्णलाई निराशातर्फ धकेल्ने ताकि कर्ण हातोत्साहित हुनेछन् । त्यसपछि उनलाई हराउन सजिलो हुनेछ र तबमात्र धर्मको जीत हुनेछ ।

गाउँ सहर डेस्क

तपाईँको मत