दिगोविकास

शनिबारकाे माैसम, केहि भागमा चट्टयाङसहित वर्षाको सम्भावना

काठमाडाैँ । फाल्गुन २९ गते (शनिबार) देशका केहि भागमा मेघ गर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान शाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार दिउँसो देशभरी आंशिक देखि सामान्य बदली  रहने छ । देशको पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा  रहने छ । गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत