गाउँ सहर

सर्वोच्चमा दुई, उच्च अदालतमा १८ न्यायाधीश सिफारिस (सूचीसहित)

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा रिक्त रहेका दुई न्यायाधीशसहित २० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ । 

शुक्रबार बसेको परिषद्‍को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट दुईजना उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै जिल्ला न्यायाधीशबाट सातजना, न्याय सेवाका अधिकृतबाट दुईजना तथा अधिवक्ताहरूबाट सातजना उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गर्ने बैठकले निर्णय गरेको परिषद्ले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत