स्वास्थ्य

विश्वभर काेराेना संक्रमित ९ कराेड ४७ लाख जना निकाे, २ कराेड १७ लाखमा अझै भाइरस सक्रिय

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १७ लाख ४५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ९ करोड ४७ लाख १४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ११ करोड ९१ लाख नाघेको छ भने मृतकको संख्या २६ लाख ४० हजार ९९२ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८९ हजार ९३२ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ९९ लाख २५ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ४३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १२ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ७ लाख ९७ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ८५ लाख ८४ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १३ लाख ५ हजार ९७९ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५८ हजार ३२६ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ९ लाख ४७ हजार २५२ जना निको भएका छन् । सक्रिय केस २ लाख ४०१ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड १२ लाख ८४ हजार जना संक्रमितमध्ये ९९ लाख ५८ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ७३ हजारभन्दा बढी छन् । हाल १० लाख ५२ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७५ हजार ७० जना पुगेका छन् भने २ लाख ७१ हजार ११६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार १२ पुगेको छ भने ९४२ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत