युथ क्लब सहीद स्मारक 'बी' डिभिजन लिग फुटबलको च्याम्पियन, पुल्चोक स्पोर्ट्स क्लब घटुवा
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण शुक्रबार, २०७७ | ०७:२३:०० मा प्रकाशित
काठमाडौं । सातदोबाटो युथ क्लब सहीद स्मारक 'बी' डिभिजन लिग फुटबलको च्याम्पियन बनेकाे छ । दुई खेल अघि नै बढुवा भएको सातदोबाटोले आफ्नो अन्तिम खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) लाई पराजित गर्दै लिग च्याम्पियन बन्यो ।
ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको लिगको अन्तिम खेलमा सातदोबाटोले आरसिटीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
खेलको ६७ औं मिनेटमा सातदोबाटोले गोल गर्दै आफ्नो अन्तिम खेलमा जित निकालेको हो । बिहीबार नै भएको अर्को खेलमा मध्यपुर युथ एसोसिएसनले झम्सिखेल युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।
दुई खेलअघि नै सहिद स्मारक ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटोले २८ अंक बनाएको छ । सातदोबाटोले आफ्नो ११ खेलमध्ये ९ खेलमा जित, १ खेलमा हार र एक खेलमा बराबरी खेल्यो ।
लिगको दोस्रो स्थानमा रहेको खुमालटारले ११ खेलबाट २५ अंकमा लिग सकायो । त्यस्तै, बाँसबारी क्लबले ११ खेलबाट २१ अंक बनाउँदा चौथो स्थानमा रहेको ब्वाइज युनियन क्लबले १७ अंक जोड्यो । त्यस्तै, लिगको पाँचौं स्थानमा मध्यपुर युथ एसोसिएसन रहँदा छैटौंमा श्री भगवती, सातौंमा नयाँबस्ती, आठौंमा श्री कुमारी, नवौंमा आरसिटी, १० औं स्थानमा टुसाल युथ क्लब रहे ।
लिगको ११ औं स्थानमा झम्सिखेल युथ क्लब रहँदा लिगको पुछारमा रहेको पुल्चोक स्पोर्ट्स क्लबले भने १२ औं स्थानमा लिग सकायो । त्यस्तै, पुल्चोक भने सी डिभिजनमा घटुवा भएको छ ।
बी डिभिजन लिगको च्याम्पियन बनेको सातदोबाटोले १५ लाख रुपैयाँ पाएको छ । त्यस्तै उपविजेता खुमालटार युथ क्लबले १० लाख रुपैयाँ पाएको छ । त्यस्तै, तेस्रो भएको बाँसबारीले आठ लाख, चौथो भएको ब्वाइज युनियनले पाँच लाख रुपैयाँ पाए ।
खुमलटार युथ क्लबका सबिन केसी सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलको उत्कृष्ट फरवार्ड चुनिएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार सम्पन्न लिगमा सबिन उत्कृष्ट फरवार्ड चुनिएका हुन् ।
टिमलाई उपाधि दिलाउन नसकेपनि उनको प्रदर्शन उच्च रहेको थियो । यस्तै च्याम्पियन टिम सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफिल्डर चुनिएका छन् ।
त्यस्तै बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर बन्द खुमलटारका अन्जल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए ।
सातदोबाटोका सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट हुने सबैले जनही २५ हजार प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले अवार्ड ब्वाइज युनियनले प्राप्त गर्यो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस