शिवरात्रीमा लायन्स क्लबद्वारा पशुपतिमा दर्शनार्थीकाे घुइँचाे व्यवस्थापन
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण बिहीबार, २०७७ | २१:३९:०० मा प्रकाशित
काठमाडाैं । महाशिवरात्रीको उपलक्ष्यमा पशुपतिनाथ दर्शन गर्न आएका दर्शनार्थीलाई 'लायन्स क्लब अफ काठमाडौं बौद्ध' सहित ७ वटा क्ल्बले घुइँचो व्यवस्थापन गरि दर्शन गर्न सहज बनाएकाे छन् ।
बिहीबार लायन्स क्लब अफ काठमाडौं बौद्ध, लायन्स क्लब अफ काठमाडौं नाेबेला, लायन्स क्लब अफ काठमाडौं क्रियसन ओमेन, लायन्स क्लब अफ काठमाडौं वाशिष्ठ ग्लाेबल, लायन्स क्लब अफ काठमाडौं यूथ फर डेभलपमेन्ट, लायन्स क्लब अफ काठमाडौं हेल्पिङ हेन्ड्स, र लियाे क्लब अफ काठमाडाैं बाैद्धका ८० भन्दा बढि स्वयम् सेवकहरूले दर्शनार्थीकाे व्यवस्थापन गरेकाे लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए १ का जाेन चियरपर्सन भुवन पाेखरलले जानकारी दिए ।
स्वयम् सेवककाे रूपमा पशुपति परिसरमा विहान ६ बजेदेखि बेलुकीसम्म दर्शनार्थीहरुलाई व्यवस्थित बनाउनुको साथै वृद्धवृद्धाहरुलाई सजिलै दर्शन गर्न सघाएकाे लायन्स क्लब अफ काठमाडौं बौद्धका प्रेसिडेन्ट तिलककुमार श्रेष्ठले जानकारी दिए ।
लायन्स क्लब अफले हरेक वर्ष पशुपतिमा लाग्ने तिज, शिवरात्री तथा अन्य विभिन्न पर्वहरुमा पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गर्दै आएकाे छ ।
'हामीले तीन सिफ्टमा साथीहरुलाई खटाएका थियौं । पशुपतिनाथ मन्दिरभित्र दर्शन गर्न लामबद्ध भएरका बाहेक वृद्धवृद्धाहरुलाई विशेष प्राथमिकतामा राखेर दर्शन गर्न सघायाैं' क्लबका प्रेसिडेन्ट श्रेष्ठले भने ।
गत वर्ष पनि दिनभरी दर्शनार्थीहरुको लागि विभिन्न सहयोग गरेको स्मरण गर्दै सदस्य सूर्य तामाङ लोप्चनले भने 'यस्ता कार्यक्रममा सहयोग गर्न पाउँदा मन भित्रैबाट सन्तुष्टि मिल्छ ।'
दर्शनार्थीलाई व्यवस्थित गर्न गत वर्षको भन्दा यसपटक सजिलो भएको लायन्स क्लब अफ काठमाडौं नाेबेला प्रेसिडेन्ट केदार चाैलागाइले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
प्रतिकृया दिनुहोस