प्रेरणा

आफ्नो कर्तव्य पूरा गर्दाको समय कसैबाट केहि थप पाउने इच्छा नगर्नुहोस्, त्यो भ्रष्टाचार हो

काठमाडौँ । हामी कर्तव्य पूरा गर्दापनि अरु थप आशा गर्दछौँ भने त्यो गलत हुन्छ । यस्तो कदापी गर्नु हुँदैन । किनकी कर्तव्य आफैँले पूरा गर्ने हो ।

यसै प्रसंगमा यो घटना मनन् गरौँ ।

महाभारतमा एक दिन ब्रज का मानिसहरु देवराज इन्द्रको पूजा गर्न गइरहेका थिए । तब श्रीकृष्णले सोधे, ‘इन्द्रको पूजा किन गरिरहेका छौ ?

ब्रजबासीले भने— इन्द्र वर्षाका देवता हुन् । हामी खेती गर्ने मानिस हौँ । 

श्रीकृष्णले भने— इन्द्र वर्षाका देवता होइनन् । वर्षा त प्रकृतिले गराउँछ । इन्द्र त केवल त्यसको व्यवस्था गर्ने देवता हुन् । यसकारण इन्द्रको पूजा गर्नु हुँदैन ।

मानिसहरुले भने— तपाईंले भनेर हामीले इन्द्रको पूजा नगरे उनी हामीसँग रिसाउँछन् ।

श्रीकृष्णले भने— म इन्द्रबाट सबैको रक्षा गर्नेछु । 

त्यसपछि उनीहरुले इन्द्रको पूजा बन्द गरे । यो कारण इन्द्र रिसाए र उनले ठूलो वर्षा गराउन सुरु गरे ।

अधिक वर्षाको कारण ब्रजका जनताहरु डराए । तब श्रीकृष्णले गोवर्धन पर्वतलाई उठाएर जनताको रक्षा गरेका थिए । सो समय देवराज इन्द्रले यतिधेरै वर्षा गराएर पनि कुनै क्षति भएन, ब्रजबासीलाई कुनै नोक्सानी भएन भनेर धर्तीमा हेर्न आए । तब उनले श्रीकृष्णले कान्छी औँलाले गोवर्धन पर्वतलाई उठाएर ब्रजबासीको सुरक्षा गरेको देखे ।

श्रीकृष्णले इन्द्रलाई चिने र भने— भगवान तपाईंले किन यसो गर्नुभयो ? मेरो पूजा किन रोक्नुभयो ?

श्रीकृष्णले भने— इन्द्र तपाईंको काम वर्षाको व्यवस्था गर्नु हो तर तपाईंले कर्तव्य पूरा गर्नको साटो आफैँलार्य पूज्यवान हुने अपेक्षा राखिरहनुभएको छ । मेरो नजरमा यो भ्रष्टाचार हो । यसपछि इन्द्रले श्रीकृष्णसँग क्षमा मागे र फर्किए ।

यसकारण हाम्रो जुन कर्तव्य हो त्यसलाई इमान्दारीपूर्वक पूरा गर्नु पर्दछ । कहिल्यैपनि कर्तव्यको बदलामा कसैबाट अतिरिक्त पाउने इच्छा राख्नु गलत हुन्छ । आफ्नो अधिकारको गलत उपयोग कसैले गर्नु हुँदैन ।

गाउँ सहर डेस्क

तपाईँको मत