जीवनशैली

सबैकुरा पूगेर घुम्ने ? यो कुरा विर्सनुहोस्, घुम्दा व्यक्तित्वमा नयाँ आयाम

काठमाडौँ । हामी धेरैले यहि कुरा गर्छौँ, सकेपछि घुम्न जाने । तर यो इच्छा अधुरै रहन सक्छ । किनकी सकेको बेला शरीरले साथ नदिन पनि सक्छ र इच्छाहरु तुहिएर जान्छन् ।

तर समयसँगै केहिमा परिवर्तन अवश्य देखिएको छ । त्यो हो ऋण काडेरै भएपनि घुम्न निस्कने । सामाजिक सञ्जालको विकासक्रम भनौँ या विश्वव्यापीकरणको प्रभावले होला आजकलका युवाहरुले घुम्ने कुरालाई जोड दिँदै गएका छन् ।

खुसीको द्वार हो यात्रा

यात्राको दौरानमा कुनै परिचित व्यक्तिसँगको चिनजान, कुराकानी, हँसिलो कुराले अनेकन तनाव दूर गर्न सक्छ । मानिस खुसी हुने बहाना निस्कन्छ । यात्राको समयमा खाएको भोजन, लगाएको लुगा, देखिएका दृश्यले जो कोहिलाई पनि सन्तुष्टिको श्वास फेराउँछ । मानसिक रुपमा बलियो बनाउँछ । देखिएका र भोगिएका दृश्यले मन चंगा बनाउँछ भने स्फूर्ती बढाउने गर्दछ ।

आफैँले आफैँलाई चिन्ने मौका

हामीले सुनेका पनि छौँ कि यात्रामा गरिएको लगानी सबैभन्दा ठूलो लगानी हो भनेर । लगानी यसकारण कि यसले तपाईंलाई नविन अनुभव दिन्छ, नयाँ जानकारी दिन्छ, खुसी, आरामका साथै आफूनुसार जिउने मौका ।

नयाँ दिशा प्रदान

यात्राले मानिसलाई नयाँ जीवनदर्शन प्रदान गर्दछ । यात्राको योजना बनाउन कठिन छैन, जसरी पनि बनाउन सक्नुहुन्छ । सानो योजना गरेर घुम्न निस्कनुहोस् । यसले जीवनको दिशा तय गर्नमा ठूलो भूमिका खेल्ने गर्दछ । संसार देखिन्छ र हेरेरै साहिनुसार जीवनको भावी दिन तय गर्न सकिन्छ ।

नयाँ रुचीको विकास

यात्रा अनुभव, तस्बिर, भिडियो, कुराकानीबाट तपाईंलाई धेरैकुरा सिक्न मिल्दछ । जुनसुकै विद्याको भएपनि तपाईं त्यसलाई थप प्रवर्द्धन गरेर विश्वमाझ चिनाउन सक्नुहुन्छ । यात्राको दौरान सूची बनाउन नविर्सनुहोला । जसले तपाईं बिचमा भड्किनुभयो भने पनि ट्र्याकमा ल्याउने काम गर्दछ ।

यसकारण घुमफिर स्वास्थ्यसँगै नयाँ जीवनको आधार हो । हामी घुम्न छाड्यौँ भने संसारिक अपडेटबाट टाढा हुन पुग्छौँ र जीवनका इच्छाहरु गुमाउँदै पनि जान्छौँ । तसर्थ नसकेरैपनि घुम्ने नै हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत