प्रेरणा

भगवान शिवको शिरमा माता गंगा र चन्द्रदेव किन ? पढ्नुहोस् पौराणिक कथा

काठमाडौँ । हरेक महिना कृष्ण पक्ष चतुर्दशीको मासिकमा शिवरात्री मनाइन्छ । तर फाल्गुण महिनामा कृष्ण पक्ष चतुर्दशी तिथीमा महाशिवरात्री मनाइन्छ । आज बिहीबार महाशिवरात्री हो । आजको दिन विधि विद्यानले भगवान शिवजीको पूजाआजा गरिन्छ । भगवान भोलेनाथको कृपा पाउनको लागि भक्तहरु व्रत राख्ने गर्दछन्, जुन आजपनि निरन्तर छ । तर तपाईंले कहिल्यै कोड गर्नुभएको छ ? महादेवको शिरमा माता गंगा र चन्द्रदेवले किन स्थान दिए ? पौराणिक कथा यस्तो छ:

कथानुसार भागीरथ एक प्रतापी राजा थिए । उनले आफ्नो पूर्वजलाई जीवन-मरणको दोषबाट मुक्त गर्नको लागि गंगालाई पृथ्वीमा लैजाने निधो गरे । उनले कठोर तपस्या गरे । माता गंगाले उनको तपस्याबाट प्रसन्न भएर स्वर्गबाट पृथ्वी झर्न राजी भइन् । माता गंगाले भागीरससँग भनिन्- यदि उनी सिधै स्वर्गबाट पृथ्वीमा झरेमा उनको वेग सहन गर्न सक्दिनन् र सबैकुरा नष्ट हुनेछ ।

माता गंगाको कुरा सुनेर भागीरथ दोधारमा परे । माता गंगालाई यो अभिमान थियो कि उनको वेग कसैले सहन गर्न सक्दैन भनेर । तब भागीरथले भगवान भोलेनाथको उपासना सुरु गरे । संसारको दुःखलाई हराउने शिवजी प्रसन्न भए र भगीरथसँग वरदान माग्न भने । भागीरथले आफ्नो सबै मनोरथ उनीसँग भने ।

गंगा जब स्वर्गबाट पृथ्वीमा झर्न लागिन तब भगवान शिवले उनलाई जटामा कैद गरे । उनी छटपटाउन लागिन र शिवजीसँग माफी मागिन् । तब शिवजीले उनसलाई जटाबाट एक सानो पोखरीमा छाडिदिए, जहाँबाट गंगा सात धारामा प्रवाहित भइन् ।

यस्तै कथानुसार, भगवान शिवले यो सृष्टिको रक्षा गर्नको लागि समुन्द्र मन्थनबाट निस्किएको विष पिए । विषको प्रभावले जब भगवान शंकरको शरीर तात्यो तब चन्द्रमाले भोलेशंकरको शिरमा विराजमान भएर उनलाई शितलता प्रदान गर्ने प्रार्थना गरे । तर शिवजीले चन्द्रमाको आग्रह मानेनन् । तर जब भगवान शंकर विषको तिव्र प्रभाव सहन गर्न सकेनन् तब देवताले शिरमा चन्द्रमालाई धारण गर्न निवेदन गरे । तत्पश्चात विषको तिव्रता कम हुन थाल्यो । त्यो समयबाट चन्द्रमा शिवको शिरमा विराजमान छन् । चन्द्रमालाई शिवको मुकुट मानिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत