वातावरण

बिहीबार, प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल  सुदूर पश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार फाल्गुन २७ गते (बिहिबार) दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । अपरान्ह पश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत