प्रेरणा

महाशिवरात्रीमा घरमा सुख-समृद्धि ल्याउन राशि अनुसार शिवलिङ्गको पूजा यसरी गर्नुहोस्

काठमाडौँ । महाशिवरात्री, स्थानुसार भगवान शिवजीलाई पूज्ने दिन । उनलाई खुसी पार्ने दिन । ज्योतिषाचार्यहरुका अनुसार राशि अनुसार शिवजीको पूजा गर्नाले ग्रह दोष हट्दछ । त्यो घरमा सुख-समृद्धि छाउँछ र कामना पूरा हुनेछ ।

  • मेषः शिवरात्रीमा काँचो दूध र दहीले शिवलिङ्गलाई स्नान गर्नुहोस् । धतुरो चढाउनुहोस् । कपूर जलाएर आरती गर्नुहोस् ।
  • वृषः शिवलिङ्गको अभिषेक उखुको रसले गर्नुहोस् । फल राख्नुहोस र आरती गर्नुहोस् ।
  • मिथुनः स्फटिकको शिवलिङ्ग पूजा गर्नुहोस् । रातो गुलाव, कुमकुम, चन्दन, इत्रले अभिषेक गर्नुहोस् । फूल अर्पण गर्नुहोस् । गुलियो भोग लगाउनुहोस र आरती गर्नुहोस् ।
  • कर्कटः शिवरात्रीमा अष्टगन्ध र चन्दनले अभिषेक गर्नुहोस् । दूधबाट बनेको मिठाई भोग गरेर आरती गर्नुहोस् ।
  • सिंहः फलको रसमा मिश्री मिसाएर शिवलिङ्ग अभिषेक गर्नुहोस् । आंकडानुसार फूल चढाएर मिठाई भोग लगाउनुहोस् ।
  • कन्याः बेर, धतुरो, भाङ्ग, आंकडानुसार फूल चढाउनुहोस् । बेलपत्र भोग गर्नुहोस र भगवानलाई चढाउनुहोस् । कपुर मिश्रित जलबाट अभिषेक गर्नुहोस् ।
  • तुलाः पानीमा फूल राखेर सो जलले शिवलिङ्ग स्नान गर्नुहोस् । बेलपत्र, मोगरा, गुलाब, चामल, चन्दन समर्पित गर्नुहोस् र आरती गर्नुहोस् ।
  • वृश्चिकः शुद्ध जलले शिवलिङ्ग स्नान गर्नुहाेस् । चीनी, घीउले स्नान गरेपछि पुनः जलले स्नान गर्नुहाेस् र आरती गर्नुहाेस् । 
  • धनुः पाकेको चामलले श्रृंगार गर्नुहोस् । सुक्खा मेवा भोग लगाउनुहोस् । बेलपत्र, गुलाब आदि चढाएर आरती गर्नुहोस् ।
  • मकरः गहूँबाट शिवलिङ्गलाई विधिवत् पूजा गर्नुहोस् । त्यसपछि गहूँको दाना आवश्यक पर्नेलाई दिनुहोस् ।
  • कुम्भः सेतो कालो तिल मिलाएर यस्तो शिवलिङ्गमा चढाउनुहोस् जुन एकान्तमा होस् । पूजा र आरती गर्नुहोस् ।
  • मीनः राति पिपलको तल बसेर शिवलिङ्गको पूजा गर्नुहोस् । ऊँ नम शिवाको उच्चारण १०१ पटक गर्दै बेलपत्र चढाएर आरती गर्नुहोस् ।

गाउँ सहर डेस्क

तपाईँको मत