प्रेरणा

महाशिवरात्री — शिवजीलाई यसरी खुसी पार्नुहोस्

काठमाडौँ । बिहीबार महाशिवरात्री । यो पर्वले हिन्दू धर्ममा विशेष महत्व राख्छ । भगवान महादेव देवताको देव हुन् । विशेषगरी कुमारी कन्याहरु यो पर्वलाई कुरिरहेका हुन्छन् । महाशिवरात्रीको दिन जो पनि कुमारी कन्या महादेवको व्रत गरेर उनको आराधना गर्दछन उनले मनले चाहेको वर मिल्ने विश्वास छ ।

शिवजीलाई कसरी खुसी पार्ने ?

भगवान शिवजीका अनेका नाम छन् । महादेव, शिव, भोलेनाथ । उनलाई प्रसन्न गर्नपनि अत्यन्तै सजिलो छ । महाशिवरात्रीमा व्रत गर्नुहोस् । भगवानको पूजाआजा गर्नुहोस् । यसबाट समस्या भाग्ने र नयाँ जीवन मिल्ने विश्वास गरिन्छ ।

महाशिवरात्रीको दिन प्रातः कालमा स्नान गरेर व्रत राखिन्छ त्यसपछि घर वा मन्दिर गएर भगवान शिवको पूजा गर्नु पर्दछ ।

यो दिन विशेष गरी भगवान शिवको शिवलिङ्गमा जल वा दूधबाट अभिषेक गर्दै ऊँ नमः शिवाय जप गर्नुहोस् । भगवान शिवको आराधनाको लागि रुद्राभिषेक, महा रुद्राभिषेक, महामृत्युञ्जयको जप वा भजन किर्तन अवश्य गर्नुहोस् ।

शिवजीलाई प्रसन्न गर्नको लागि गंगाजल, जल, दूध, दही, बेलपत्र, नरिवल, शक्खर आदिले शिवलिङ्गमा ऊँ नमः शिवायको जप गर्दै चढाउनुहोस् । यसबाट भगवान शिव प्रसन्न हुनेछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत