वातावरण

बुधबार, यस्ताे छ माैसम

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार, फाल्गुन २६ गते (बुधबार) दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । अपरान्ह पश्चात देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत