विवेकशील साझा पार्टीले थाल्यो राजनीतिक दलहरूसँग सहकार्यको पहल
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण मंगलबार, २०७७ | १६:३४:०० मा प्रकाशित
काठमाडाैँ । विवेकशील साझा पार्टीले संघीय संसद बाहिरका पार्टीहरूसँग सहकार्यको पहल थालेको छ।
मंगलबार दिउँसो विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय बखुण्डोलमा आयोजना गरेको १५ राजनीतिक दलहरूको संयुक्त बैठकले देशको राजनीतिक घटनाक्रममा हस्तक्षेपकारी भूमिका खेल्नका लागि सहकार्यको अन्वेषण गर्ने निष्कर्ष निकालेको छ।
बैठकमा सहभागी विभिन्न १५ वटा राजनीतिक दलका नेतृत्वले देशको विद्यमान राजनीतिक परिस्थिति, चुनौती र त्यसको सामना गर्नका लागि एक ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकता माथि विस्तृत छलफल गरे। बैठकमा विवेकशील साझा पार्टी, नेपाली काँग्रेस (बिपी), समाजवादी काँग्रेस नेपाल, जनजागरण पार्टी नेपाल, युवा शक्ति पार्टी, मौलिक जरो किलो पार्टी, नेपालवाद पार्टी, न्यु पिपुल्स पार्टी, आधुनिक नेपाल पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, समाजवादी लोकतान्त्रिक पार्टी, गान्धीवादी पार्टी नेपाल, प्रगतिशील पार्टी, हाम्रो नेपाल पार्टी, राष्ट्रिय यथार्थवादी पार्टीका नेतृत्वको सहभागिता थियो।
छलफल र संवादको क्रमलाई अघि बढाउनुपर्ने कुरामा सहभागी सबै पार्टीहरूको सहमति थियो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस