विश्व

‘खोप लगाएकाहरू विना मास्क भेटघाट गर्न सक्ने’

  • एजेन्सी
  • २५ फाल्गुण मंगलबार, २०७७ | १३:४०:०० मा प्रकाशित

अमेरिका । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले खोप पूर्ण लगाइसकेका अमेरिकीहरू केही सामान्य जनजीवनमा फर्कन सक्ने बताएको छ ।

उनीहरूले अरू खोप लगाइसकेका तथा केही नलगाएका व्यक्तिसँग पनि भेटघाट गर्न सक्ने उसको नयाँ मापदण्डमा उल्लेख छ ।

खोपको दोस्रो मात्रा लगाएको दुई सातापश्चात् खोप लगाएका मानिसहरू सुरक्षित हुने सीडिसीले जनाएको छ ।

हालसम्म तीन करोड अमेरिकीहरूले खोपको पूर्ण मात्रा लिइसकेका छन् ।

एजेन्सी

तपाईँको मत