प्रेरणा
अभ्यासबिना ज्ञान बेकार हुनसक्छ, गरिब व्यक्तिलाई समारोहमा अपमानित हुनुपर्ने हुनसक्छ
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण मंगलबार, २०७७ | १२:१७:०० मा प्रकाशित
काठमाडौँ । आचार्य चाणक्यले आफ्नो नीतिमा अभ्यासबिना पूर्ण ज्ञान बेकार हुने बताएका छन् । उनका अनुसार, कुनै व्यक्तिको पेट खराब छ भने जतिनै राम्रो र मिठो भोजनपनि उसको लागि बिष समान हुन्छ । यस्तै कुनै गरिबको लागि कुनै समारोह विषजस्तै हुन्छ । किनकी ठूला मानिसको अगाडि यदि कुनै गरिब व्यक्ति पुगेमा उसलाई अपमानित हुनुपर्ने हुनसक्छ ।
आचार्य चाणक्यका केही महत्वपूर्ण कुराहरूः
- फूलको बास्ना जुन दिशातर्फ हावा बहन्छ त्यतै फैलन्छ । तर, असल व्यक्तिको गुण चारै दिशातर्फ समान तरिकाले फैलन्छ ।
- धन-सम्पति, मित्र, जीवनसाथीले यदि साथ छोडेमा यी पुनः प्राप्त गर्न सकिन्छ । तर, शरीर साथ छाडेमा पुनः प्राप्त गर्न सकिँदैन । यसकारण समय हुँदै असल काम गर्नुपर्दछ ।
- गरिबले धन पाउन चाहन्छ । पशुले बोल्ने इच्छा राख्दछ । सामन्य नागरिकले स्वर्ग जान चाहन्छ, तर धर्मनुसार मानिस मोक्षको कामना गर्दछन् ।
- जसरी एउटा बाछा हजारौँ गाईको भीडमा आफ्नो आमाको पछाडि हिँड्दछ, ठिक त्यसरी नै हाम्रो पछाडि राम्रो-नराम्रो कर्म हरेक पल पछाडि चलिरहन्छ ।
- समझदार व्यक्ति उही हुन्छ जो समय र आफ्नो योग्यतालाई हेर्दै आफ्नो लक्ष्तर्फ बढ्दछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस