स्वास्थ्य

ॐ चाबहिल डेन्टल हस्पिटलले शनिवार सिन्धुलीमा नि:शुल्क दन्त शिविर सञ्चालन गर्ने

काठमाडाैं । ॐ चाबहिल डेन्टल हस्पिटलले "सुन्दर मुस्कानकाे लागि स्वस्थ दाँत" सिन्धुलीमा नि:शुल्क दन्त शिविर सञ्चालन गर्ने भएकाे छ । 

हस्पिटलले नव न्यानाे फाउण्डेशन काठमाडाैं महानगरपालिका -९ सँग मिलेर उक्त नि:शुल्क दन्त शिविर सञ्चालन हुन लागेकाे ॐ चाबहिल डेन्टल हस्पिटलका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए ।

अध्यक्ष घिमिरेका अनुसार शिविरमा दाँत परीक्षण, सफा गर्ने, दाँत निकाल्ने लगायत सेवा दिइने बताए । सहयाेगी संस्था भने बिजय चाेक युवा क्लब, काठमाडाैं रहेकाे छ ।

शिविर स्थानीय विद्यालय नवज्याेती आधारभुत विद्यालय मरिन गाउँपालिका-६, धमिलेमा शनिवार विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने घिमिरेले जानकारी दिए ।

स्थानीय तहमा पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा विभिन्न जिल्लामा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएकाे डेण्टलका प्रबन्धक निर्देशक अनिल शर्माले बताए । 

हस्पिटलले शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएकाे छ । सञ्चालनमा आएकाे छोटो समयमै हस्पिटलले सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत