वातावरण

मंगलबार, प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागहरुमा मेघ गर्जनसहित क्षणिक वर्षा

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान शाखाका अनुसार फाल्गुन २५ गते (मंगलबार) दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्ह पश्चात मेघ गर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत