अर्थतन्त्र

फेरि बढ्याे सुनचाँदीकाे मूल्य

काठमाडाैं । सोमबार सुन र चाँदी दुबैको भाउमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १०० रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

अघिल्लो दिन आइतबार प्रतितोला ८६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन पनि तोलामा १०० रुपैयाँले बढेर ८५ हजार ७५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

यस दिन चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत