राजनीति

प्रचण्ड-नेपाल पक्ष सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलाेकनमा जाने निष्कर्ष निकालेको छ ।

आइतबार सर्वोच्चको फैसला आउना साथ कानुन व्यवसायीहरुसँगको परामर्शमा जुटेको यो पक्षले सर्वोच्चको फैसला पुनरावलोकनमा जानुको विकल्प नभएको निष्कर्ष निकालेको हो ।

नेकपामा बहुमतमा रहेको यो पक्षले सोमबार दिउँसो तीन बजे पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठकबाट पुनरावलोकनमा जानेबारे औपचारिक निर्णय गर्नेछ ।

साविकका एमाले र माओवादी केन्द्रको एकता नै अस्वीकार गरेर सर्वोच्चले फैसला गरेपछि जटिलता निम्तिएको छ । 

सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएसँगै दाहाल-नेपाल समूहले आइतबारदेखि नै कानूनविद्हरूसँग सघन छलफलमा छन् ।

आइतबार साँझ पनि सिंहदरबारमा कानूनबिद्सँग छलफल गरेका थिए । सो छलफलमा कानूनविद्हरूले अदालतको फैसलाको पुनरावलोकनमा जान सुझाएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत