गाउँ सहर

‘नारीकाे प्रगाढ मायाभित्र नै एउटा पुरुषको जीवनका अवयवहरू चलायमान हुन्छन्’

अन्तर्राष्ट्रिय नारी दिवस

आज १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभरका नारीहरूले धुमधामका साथ मनाइरहेका छन् । नेपालमा पनि नारी सम्बन्धित विभिन्न कार्यक्रमहरू सरकारी र नीजि स्तरबाट गरिँदैछ । महिला दिवस प्रत्येक वर्ष आउँछ अनि दुइवाक्य कथिन्छ अनि सकिन्छ । बोलेका कुरा व्यवहारमा लागू हुँदैनन् । अनि अभावसहितको वाक्यहरू प्रत्येकवर्ष दोहोरिन्छ । यही हो देशको वास्तविकता ।

स्थापनार्थ ‘सेलीब्रेटिंग द पास्ट, प्लानिङ्ग फर द फ्यूचर’ देखि सुरू भएकाे महिला दिवसले याे दिनमा “बेलेन्स फर बेटर” काे नारामा पुगेकाे छ । सन् १९१० मा कोपेनहेगनमा कामगर्ने महिलाहरुको एउटा इन्टरनेशनल कन्फरेन्स आयोजना भएको थियो । त्यहि सम्मेलनमा पहिलो पटक क्लारा जेटकिनले इन्टरनेशनल वुमेन्स डे मनाउन सुझाव दिएकी थिइन् । त्यो सम्मेलनमा १७ देशका करिव १० महिलाहरु सामेल थिए । सहभागी सबैले क्लाराको सुझावलाई समर्थन गरेका थिए ।

सबैभन्दा पहिले सन् १९११ मा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्वीटजरल्याण्डमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो । तर मितिले भने यसपटक हामी १११ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका छौँ ।

८ मार्च नारी शक्तिको उदय भएको दिन । महिलाको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाभित्र नै एउटा पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन्, आज तिनै नारीहरुको अन्तर्राष्ट्रिय दिवस्, मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस्, यस दिवसलाई महिला दिवस भनेर मनाउने गरिएको छ । आज अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।

किन ८ मार्चमा मनाइन्छ ? 

सन् १९१३ मा यसलाई परिवर्तन गर्दै ८ मार्चमा दिवस मनाउन थालियो । यसको पछाडि एक घटना छ । जब क्लाराले वुमेन्स डे मनाउने कुरा गरेकी थिइन, तब उनले कुनै तारिख दिएकी थिइनन् । सन् १९१७ को बोल्शेविक क्रान्तिको दौरान रुसका महिलाहरुले ‘ब्रेड एण्ड पीस’ को माग गरे ।

महिलाको हडताल र सो बाट भएको दवावका कारण त्यहाँका सम्राट निकोलस पद छाड्न वाध्य भए । यो घटनास्वरुप त्यहाँको अन्तरिम सरकारले स्थानीय महिलालाई मतदानको अधिकार दियो । त्यो समय रुसमाजुलियन क्यालेण्डरको प्रयोग हुन्थ्यो । जुन दिन महिलाहरुले हडताल सुरु गरे त्यो दिन २३ फेब्रुअरी थियो । ग्रेगेरियन क्यालेण्डरमा यो दिन ८ मार्च थियो र त्यसपछि अन्तर्राष्ट्रि य महिला दिवस ८ मार्चमा मनाउन थालियो ।

नेपालमा महिलाको अवस्था कस्ताे छ ?

नेपालमा महिलाको अवस्था विश्वका धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि महिला र पुरुष बिच ठूलो बिभेद छ । यहाँको सामाजिक, आर्थिक, शैक्षिक, राजनितिक, प्रशासनिक लगायतका सबै क्षेत्रमा पुरूषको तुलनामा महिलाको पँहुच ज्यादै न्यून रहेको छ । नेपालमा कुल जनसङ्ख्याको आधा भन्दा बडी ५१ प्रतिशत हिस्सा ओगटेका महिलाहरू राज्यका हरेक पक्षमा पिछडिएका छन् । नाम मात्रको ३३ प्रतिशत कुनै स्थानमा देख्न सकिएको छैन । तर पिछल्लो संविधानले कम्तिमा श्वास फेर्नसक्ने स्थानहरू भने अवस्थ बनाइदिएको छ ।

परम्परागत रूपमा जातपातको भेदभाव, चाँडो विवाह, छोराको महत्व जस्ता मान्यता जस्ता कारणले महिलाको स्थर विकास हुन सकेको छैन । लैंगिक भिन्नताका कारण लैंगिक असमानता, साधन र स्रोतको अवसरआदिमा कमिका कारण महिलाहरूको स्तर निकै पछाडी छ । महिला हक,अधिकार र शसक्तिकरणका लागि विभिन्न गैर सरकारी संघ संस्था तथा सरकारी निकाय सम्मले कामहरू ससक्त रूपबाट गरिरहेकै छन् । त्यस्तै अन्तर्राष्ट्रिय स्तरमा पनि नारीलाई पुरूष सरह हरेक क्षेत्रमा समानता हुनु पर्छ भन्ने उद्धेश्यका साथ बिभिन्न नारी सम्मेलन गरी सोहि घोषणा पत्रको बुँदालाई आधार बनाइ कामहरू भइरहेको अवस्था पनि छ ।

आत्मनिर्भर बनाउने तथा निर्णय प्रक्रियामा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने शक्ति हो, आर्थिक शक्ति । नेपालमा महिलाको आर्थिक आवस्था त्यति राम्रो देखिदैन । अपनत्वको सवालमा महिलाको अवस्था दयनिय छ । भूमिको पहुँचको त झनै के कुरा गर्ने, छैन भन्दापनि हुन्छ । रोजगारीको सवालमा पनि ज्याला र मजदुरीको अवस्थामा खासै सुधार देखिएको छैन ।

आफुलाई आत्मनिर्भर,आत्मविश्वास दिलाउन वा समग्र देश विकास गर्नका लागि शिक्षाको आवश्यकता पर्दछ । भनिन्छ एक महिला शिक्षित भए सवै परिवार नै शिक्षित हुन्छन । केहि दशक यता समग्र रूपमा साक्षरताको दर उल्लेख्य रूपमा वृद्धि भएको भएतापनि हाम्रो देशमा निकै थोरै मात्र शिक्षित छन् । सन् २०११ को जनगणनाले महिला जनसङ्ख्या साक्षरता दर ६५.९ प्रतिशत देखाएकाे छ । यसलाई पुरूष जनसंख्यसँग तुलना गर्ने हो भने झण्डै ११ प्रतिशतको अन्तर देखिन्छ । जनगणना २०११ ले पुरूष जनसङ्ख्याको साक्षरता प्रतिशत ७१.१ प्रतिशत देखाएको थियो । यस्तै महिलाको स्वस्थ्य स्थति सुधरान्मुख छ भन्ने तथ्याङ्कले देखाएको छ । एन डी एच एस सर्वे २००६ ले मात्तृमृत्युदर प्रति लाखमा २८१ देखाएको छ । यस मात्तृमृत्युदर प्रति लाखमा ५३९ रहेको थियो ।

मुखमा रामराम बगलीमा छुराजस्तै नेपालमा महिलाप्रतिको दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । न्याय हराउन थालेको आभाष हुन थालेको छ । प्राप्ति हुँदापनि खुलेर स्वतन्त्रताको वकालत र व्यवहार देख्न नसक्नुले अन्तर्राष्ट्रिय नारी दिवसले दिने सन्देश कताकता नपूगेको महशुष गराएको छ । बोलीमा नभएर व्यवहारमा नारी अधिकार आजको आवश्यकता हो ।

गाउँ सहर डेस्क

तपाईँको मत