अर्थतन्त्र

साताको पहिलो दिन सुनको मूल्य वृद्धि

काठमाडाैं । साताको पहिलो दिन सुनको मूल्य वृद्धि भएको छ । फागुन २३ गते, आइतबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो । गत साताको अन्तिम कारोबार दिन २०७७ कै सस्तो मूल्यमा कारोबार भएको सुनको मूल्य आज उकालो लागेको हो । यद्यपी यस दिनको मूल्य पनि २०७७ लागेयताकै कम मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ८६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत साताको अन्तिम कारोबार दिन सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस दिन तेजाबी सुन प्रतितोला ८५ हजार ६५० रुपैयाँमा किनबेच भइरहेको छ ।

आइतबार चाँदीको भाउ स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघको तथ्यांकले देखाउँछ । शुक्रबार चाँदी तोलामा ३५ रुपैयाँले गिरावट भएर आजकै मूल्यमा किनबेच भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत