नारायणगढ-मुग्लिङ सडकखण्ड आजदेखि एक हप्ता दिउँसो बन्द
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण आइतबार, २०७७ | ०८:४१:०० मा प्रकाशित
काठमाडाैं । नारायणगढ-मुग्लिङ सडकखण्ड आजदेखि एक हप्ता दिउँसो बन्द गरिने भएको छ ।
पहिरो रोकथामको बाँकी काम गर्नका लागि आजदेखि २९ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म दुईतर्फी नै आवागमन बन्द गरिने आयोजनाले जनाएको छ ।
नारायणगढ-मुग्लिङ सडक आयोजनाले सूचना निकालेर सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । आयोजनाका इञ्जिनियर सबिना रानाभाटले अत्यावश्यक सेवाबाहेक सबै गाडीको आवागमन रोकिने जानकारी दिए ।
गएको असार पहिलो हप्ता पहिराेले बगाएको क्षेत्रमा काम गर्न लागिएको हो । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । सडक मर्मतका गर्ने क्रमममा नारायणढतर्फबाट गएका गाडीलाई जलबिरेमा र मुग्लिङतर्फबाट आएका गाडीलार्ई शान्तिबजारमा रोकिने छ ।
आयोजनाले सडक मर्मत गर्ने अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत आग्रह गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस