अर्थतन्त्र

विश्वभर ९ कराेड २६ लाखले काेराेनाभाइरस परास्त गरेपनि ज्यान गुमाउने २६ लाख नजिक

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १८ लाख २३ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ९ करोड २६ लाख ४५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ११ करोड ७० लाख ६८ हजार नाघेको छ भने मृतकको संख्या २५ लाख ९९ हजार १९८ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८९ हजार ३०९ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ९६ लाख ५३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ३७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड २ लाख ७३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ८८ लाख ४२ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १२ लाख १० हजार ५८० जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५७ हजार ७९१ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ८ लाख ६६ हजार ५३८ जना निको भएका छन् । सक्रिय केस १ लाख ८६ हजार २५३ मात्र छन् जसमध्ये ८ हजार ७० जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ९ लाख ३९ हजार जना संक्रमितमध्ये ९७ लाख ४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ६४ हजारभन्दा बढी छन् । हाल ९ लाख ७० हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७४ हजार ६५५ जना पुगेका छन् भने २ लाख ७० हजार ८२८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार १० पुगेको छ भने ८१७ जना उपचाररत छन्  ।

गाउँ सहर संवाददाता

तपाईँको मत