गाउँ सहर

हाम्रो बेगनास ताल, राम्रो बेगनास ताल अभियानमा जुट्दै युवाहरु

लेखनाथ । कास्कीको दोस्रो ठूलो ताल बेगनासतालको थप प्रवद्र्धन गर्न "हामी र हाम्रो सान, बेगनासताल हाम्रो आँगन" भन्ने नाराकासाथ हाम्रो बेगनासताल, राम्रो बेगनासताल अभियानमा युवाहरु जुट्न थालेका छन् । शनिवार सम्पन्न एक भेलाले हाम्रो बेगनासताल, राम्रो बेगनासताल प्रवद्र्धन अभियान समूह समेत गठन गरेको छ ।

बेगनासताललाई माया गर्ने विभिन्न उमेर समूहका व्यक्तिहरुको भेलाले नवराज ओझाको संयोजकत्वमा प्रवद्र्धन तदर्थ समिति गठन गरेको हो ।

तदर्थ समितिको सदस्यमा बुद्धिप्रसाद सुवेदी, महेश पौडेल, प्रकाश लामिछाने, रमेश बञ्जरा, केशव आचार्य, विनोद थापा, गोविन्द जलारी, हरिबहादुर थापा, सुरेन्द्र बाबु तिवारी, राम बहादुर रानाभाट, निराजन बराल, रोशन खनाल र नवराज सापकोटा रहेका छन् ।

यसैगरी अभियानको सल्लाहकारमा डा. इन्द्र तिवारी, डिल्लीरमण तिवारी, कृष्णप्रसाद ढुंगाना, ध्रुवनाथ अधिकारी र दुर्गाप्रसाद अधिकारी रहेका छन् ।

बृहत भेलाले तदर्थ समितिलाई विधान तयारी, संस्थाको आगामी उद्देश्य, बेगनास र वरीपरिको क्षेत्रको पर्यटन प्रवद्र्धन र सामाजिक क्रियाकलापका बिषयमा योजना बनाउन म्यान्डेट दिएको छ ।

पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये थोरैको मात्र बेगनासताल गन्तव्य भएको सन्दर्भमा बसाई लम्व्याउन विभिन्न निकायसँग छलफल र अन्तरकि्रया तथा बृहत्तर बेगनासको विकासका लागि सम्वनि्धत निकायको ध्यानाकर्षण गरिने अभियानका संयोजक नवराज ओझाले वताए । राजनिती भन्दा टाढा रहेर सामूहिक एजेण्डामा अभियानले काम गर्ने महेश पौडेलले जानकारी दिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत