गुणस्तर बीउ आलु उत्पादन तथा भण्डारण कृषकस्तर तालिम सम्पन्न
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण शनिबार, २०७७ | १८:५२:०० मा प्रकाशित
काठमाडाैं । सिन्धुपाल्चाेककाे आलुबाली विकास केन्द्र निगालेकाे आयाेजनामा तीनदिने तालिम सम्पन्न भएकाे छ । फागुन १६ देखि १८ सम्मकाे पहिलाे चरणकाे तालिममा रामेछाप, दाेलखा, सिन्धुपाल्चाेक र काभ्रेका आलु उत्पादनमा संलग्न रहेका बीउ उत्पादक कृषक समूह, सहकारीमा संलग्न गरि १० महिला १५ जना पुरूष कृषकहरूकाे सहभागिता रहेकाे थियाे । फागुन १९ देखि २१ गते सम्म सञ्चालन भएकाे दाेस्राे चरणकाे तालिममा २५ जना कृषकहरूकाे सहभागिता रहेकाे थियाे ।
तालिममा नेपालमा आलु उत्पादनकाे वर्तमान अवस्था, आलुकाे वास्तविक वृद्धि विकास, फार्मकेन्द्रबाट सञ्चालित गतिविधि, नेपालमा सिफारिस तथा दर्ता भएका आलुका जातहरू, बीउ आलु उत्पादनका समस्याहरू, असल बीउ आलुमा हुनुपर्ने गुणहरू आलुबालीमा खाद्यतत्व व्यवस्थापन, टिपिएस, पीक्यूएस बीउ उत्पादन, टिस्यू कल्चर ल्याब बाटा राेगरहित बीउ आलु उत्पादन स्क्रिन हाउस पीबीएस उत्पादन, आलुबालीका राेगकीरा व्यवस्थापन, आलुबालीमा बीजवृद्धि उत्पादन कार्यक्रम पूँजीकरण, आलु भण्डारणका विधि लगायत विषयहरू जानकारी गराइएकाे थियाे ।
तालिममा आलुबाली विकासकेन्द्र निगाले सिन्धुपाल्चाेकमा भएकाले सैद्धान्तिक विषयवस्तुभन्दा पनि प्रयाेगात्मक विधिहरूकाे प्रयाेग गरि कार्यक्रम सम्पन्न गरिएकाे संयाेजक हिमाल भुसालले जानकारी दिए ।
तालिममा केन्द्रका प्रमुख विजय कुमार गिरी, माटाे विज्ञ राजन परियार, प्राविधिकहरू हिमाल भुसाल, हरिन्द्रप्रसाद भगत, कृष्णनाथ याेगी, विजय रानामगरले प्रशिक्षण दिएका थिए ।
तालिम कार्यक्रमबाट आलुबाली विकास केन्द्रकाे कार्यक्षेत्र (कमाण्ड एरिया) काे रूपमा रहेका मुख्य चार जिल्लामा गुणस्तरयुक्त बीउ आलु उत्पादन गर्ने बनाउने तथा कार्यालयबाट सञ्चालन हुने वार्षिक कार्यक्रमहरूकाे बारेमा केन्द्र प्रमुख विजय गिरीले बताए ।
देशमा कृषि विकास मन्त्रालयकाे आलु बाली विकास केन्द्रकाे कार्य क्षेत्र ७७ जिल्ला हुँदाहुँदै पनि स्राेत साधन तथा जनशक्ति सीमितताकाे बाबजुत केन्द्रबाट देशभरि नै कार्यक्रम तथा सेवा प्रवाह भइरहेकाे छ ।
आगमी दिनमा तालिमपछि अनुभवी अगुवा कृषकहरू आफ्नाे कार्यक्षेत्रमा फर्केपछि स्थानीय तह प्रदेश सरकार तथा संघीय सरकार तथा सराेकारवाला निकायहरूबीच समन्वयमा बीउ आलु उत्पादन, भण्डारण तथा वितरणका कार्यक्रमहरू फलदायी रहने विश्वास लिइएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस